संकल्प मिडिया सेन्टरद्वारा संचालित

टी-२० क्रिकेटमा लासिथ मालिंगाले बनाए विश्वरेकर्ड !

  •   काठमाडौं
  •   १६ भाद्र २०७६, सोमबार
  •   त्रिबेणी

श्रीलंकाका तिब्र गतिका बलर लासिथ मालिंगा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । मालिंगाले न्युजील्याण्डविरुद्धको टी-२० क्रिकेटमा २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल ९९ विकेट लिदै धेरै विकेट लिने खेलाडी बनेका हुन् ।

मालिंगाले ७४ खेल खेल्दै ९९ विकेट लिएका हुन् । उनले पाकिस्तानका शाहिद अफ्रिदीको ९८ विकेटको रेकर्ड तोडेका हुन् । आफ्रिदीले ९९ खेल खेल्दै ९८ विकेट लिएका थिए ।

त्यस्तै बंगलादेशका अलराउन्डर शकिब अल हसनले ७२ खेल खेल्दै ८८ विकेट लिएका छन् भने पाकिस्तानका उमर गुलले ६० खेलमा ८५ विकेट लिएका छन् भने पाकिस्तानकै सईद अजमलले ६४ खेलमा ८५ विकेट लिएका छन् ।

त्यस्तै अफगानिस्तानका राशिद खानले ३८ खेलमा ७५ विकेट लिएका छन् भने अफगानिस्तानकै मोहमद नावीले ६८ खेलमा ६९ विकेट लिएका छन् भने न्युजील्याण्ड टिम साउथीले ५९ खेलमा ६९ विकेट लिएका छन् ।