संकल्प मिडिया सेन्टरद्वारा संचालित

टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सूर्यविनायक तनावग्रस्त

  •  
  •   १७ आश्विन २०७५, बुधबार
  •  

काठमाडौं । भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक दराउने पोखरी–२ घर भएका रामकृष्ण श्रेष्ठ रहेका छन् ।
भक्तपुरको जगतेबाट सल्लाघारी आउँदै गरेको बा. ४ ख ३६५० नम्बरको टिपरले बा. ८८ प ८५२ नम्बरको मोटरसाइकललाई भक्तपुरको सुर्यविनायक नगरपालिका पाण्डुबजार चोकमा ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो ।
घाइते श्रेष्ठलाई उपचारको लागि भक्तपुर अस्पताल पठाइएको थियो । भक्तपुर अस्पतालले श्रेष्ठलाई सात बजे मृत घोषणा गरेको हो ।
महानगरी प्रहरी परिसर, भक्तपुरका अनुसार ट्रिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयले टिपर तोडफोड गर्नुको साथै आगजनी पनि गरेका छन् ।
पाण्डुबजार चोकको सडक क्रस गर्न लागेको बेला मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो । ठक्कर दिने टिपरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
यसअघि सरकारले काठमाडौं उपत्यकामा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म टिपर चलाउने नपाइने निर्णय गरेको थियो ।
#cp by ratopati.com