संकल्प मिडिया सेन्टरद्वारा संचालित

ज्योति मिर्मिरे सामुहिक साकोसको २० औं वार्षिक साधारण सभा सम्बन्धि सुचना ।

  •   काठमाडौं
  •   २५ भाद्र २०७६, बुधबार
  •   त्रिबेणी

सहकारी आन्दोलनमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.को २० औं वार्षिक साधारण सभा तय गरेको छ । संस्थाका सचिव दिपकप्रसाद दाहालद्धारा जारी सुचना अनुसार निम्न अनुसारको कार्यक्रम रहेको छ ।

साधारण सभा कार्यक्रम
मिति ः २०७६ साल भाद्र २८ गते शनिबार
स्थान ः पनौती बैक्वेट ,काभ्रे स्कूलसँगै, ज्यालाचिटी मार्ग,पनौती न पा ४ काभ्रे
समय ः विहान ठिक ९ः०० बजे देखि

छलफलका विषयहरु ः
 साधारण सभाको निर्णय प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा ।
 संस्थाका सचिवको प्रगति प्रतिवेदन प्रस्तुत छलफल र पारित सम्बन्धमा ।
 कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत साथै आ व २०७६÷७७ को वार्षिक कार्यक्रम एवं बजेट प्रस्तुत छलफल र पारित सम्बन्धमा ।
 लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा ।
 आ.व २०७५÷०७६ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल र पारित सम्बन्धमा ।
 आ.व २०७६÷०७७ को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा ।
 नीति तथा कार्यविधि संसोधन एवं पारित सम्बन्धमा ।
 विनियम संसोधन सम्बन्धमा ।
 संस्था एकिकरण सम्बन्धमा ।
 विविध ।
पुनश्च ः
(साधारण सभामा स्वयं उपस्थित हुने सदस्यहरुलाई रु. २००। (कर बाहेक) खाजा खर्च बापत नगदै उपलब्ध गराइनेछ । खाजा खर्चका लागि संस्थाले जारी गरेको परिचय पत्र वा पासबुक साथमा ल्याउनु अनिवार्य छ ।)

संस्थाद्धारा प्रकाशित सुचना ।