संकल्प मिडिया सेन्टरद्वारा संचालित

ज्याम्दीमा जुफा कप, टिम दर्ता कात्तिक ६ सम्म ।

  •  
  •   २८ आश्विन २०७५, आईतवार
  •  

विजयादशमी तथा शुभ दिपावलीको पावन अवसरमा जुफा कप फुटबल प्रतियोगिता संचालन हुन भएको छ ।
ज्याम्दी युनाइटेड फुटबल एशोसिएसन(जुफा)ले यहि कात्र्तिक ९ गते देखि १९ गतेसम्म ज्याम्दीको देउराली खेलमैदानमा दोस्रो जुफा कप प्रतियोगिता संचालन गर्न लागेको हो । विकास, अनुशासन, गतिशीलता भन्ने नाराका साथ स्थापित जुफाले फुटबल प्रतियोगिताका लागि कात्तिक ६ गते सम्म टिम दर्ता गर्ने तथा ७ गते टाइसिट वितरण गर्ने बताएको छ ।
नेपाल सरकारको सुचना, सञ्चार तथा प्रविधी मन्त्री श्री माननीय गोकुल बास्कोटा प्रमुख आतिथ्तामा समापनमा तथा पुरस्कार वितरण कार्यक्रम हुने जुफाका अध्यक्ष टिकाराम लामाले बताए । प्रतियोगिताको प्रथमे टिमलाई रु.२५ हजार, द्धितीयलाई रु.१५ हजार, तृतिय लागि रु.१० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र दिइने लामाले बताए ।
त्यस्तै उत्कृष्ठ गोलकर्ता, उत्कृष्ठ डिफेन्स, उत्कृष्ठ खेलाडि, उत्कृष्ठ मिल्डफिल्टर, उत्कृष्ठ किपर, खेलाडीहरुलाई समेत ट्रफी, मेडल तथा प्रमाणपत्र सहित सम्मान गर्ने योजना आयोजकको रहेको छ । युवाहरुलाई खेलकुदको माध्यमबाट सामाजिक क्षेत्रमा सक्रिय गराउन र देश विकासमा योगदान पु¥याउनका लागि प्रेणीत गर्ने लक्ष्य सहित कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष लामाले बताए ।