संकल्प मिडिया सेन्टरद्वारा संचालित

जोकोभिच क्वार्टरफाइनलमा

  •  
  •   २१ जेष्ठ २०७६, मंगलवार
  •  

एजेन्सी/सर्बियाका नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा सोमबार राति भएको खेलमा विश्व नम्ब एक जोकोभिचले जर्मनीका जान लेनार्ड स्टुफलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन् ।
जोकोभिचले स्टुफलाई ६–३, ६–२ र ६–२ को सेटमा पराजित गरेका थिए । जोकोभिच लगातार १० बर्ष अन्तिम आठमा पुग्ने पहिलो खेलाडी समेत बने । क्वार्टरफाइनलमा जोकोभिचले जर्मनीका एलेक्सजेन्डर जेभेरेभसँग प्रतिस्पर्धा गर्नेछन् ।