संकल्प मिडिया सेन्टरद्वारा संचालित

जीप दुर्घटना हुदा एकको मृत्यु

  •   काठमाडौं
  •   २५ आश्विन २०७६, शनिबार
  •   त्रिबेणी

नवलपरासी – पाल्पाको रामपुरबाट यात्रु बोकर नवलपरासीको दलदलेका लागि छुटेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुर्घटनामा परि चार जना घाइते भएका छन् ।

ग १ ज ६५ ०५ नम्बरको जीप शुक्रबार साँझ बुलिङटार गाउँपालिका–६ , स्थित निरन्दी खोलामा दुर्घटना भएको हो । नवलपरासी देवचुली नगरपालिका–४, बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको ज्यान गएको स्थानीयहरुले जानकारी दिएका छन् ।
दुर्घटनामा परि गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा शुक्रबार राति मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
दुर्घटनामा परि देवचुली–१०, बस्ने २७ वर्षीय आशीश खनाल, १९ वर्षीय सूचना पाण्डे, देवचुली–१ , बस्ने ३० वर्षीय पवन तिवारी र २४ वर्षीय संगिता पोख्रेल घाइते भएका छन् । घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । निरन्दी खोलाको उकालोमा जीपले लोड तान्न नसकेपछि दुर्घटनामा परेको हो ।