संकल्प मिडिया सेन्टरद्वारा संचालित

"जिल्ला फुटबल संघको सहयोग प्रथम पनौती मेयर कपलाइ"

  •  
  •   २० आश्विन २०७५, शनिबार
  •  

वडा दशै २०७५ को पावन अवसर पारी कुशादेवी युवा क्लबको खेलकुद उपसमिती द्वारा आयोजित प्रथम मेयर कप अन्तर वडा स्तरिय फाइभ ए साइड मिनि पोस्ट फुटबल प्रतियोगिता असोज २५ देखि कार्तिक १ गते सम्म कुशादेविमा हुदैछ।
“रास्ट्रका लागि युवा, युवाका लागि खेलकुद” भन्ने मुल नारा सहित आयोजना गर्न लागिएको प्रथम मेयरकपमा जिल्ला फुटबल संघ काभ्रेले आवस्यक फुटबल सहयोग गरेको छ। जिल्ला फुटबल संघ काभ्रेका अध्यक्ष बिकाश नारायण श्रेष्ठले कुशादेवी युवा क्लबका खेल्कुद उप-समिती संयोजक दिपेश घिमिरेलाइ फुटबल हस्तान्तरण गरेका हुन । अध्यक्ष श्रेष्ठले खेलकुद बिकासमा प्रथम पनौती मेयरकप कोसेढुङ्गा साबित होस भनेर शुभकामना पनि दिनु भएको थियो । साथै अन्य आवश्यक सहयोग गर्न फुटबल संघ तयार रहेको कुरा जानकारी गराउनु भएको थियो।
पनौती नगरपालिकाका १२ वटा वडालाई सहभागी गराउने आयोजकले बताएका छ्न। प्रतियोगितामा पनौती नगरपालिका भित्रका १२ वडाका टिमहरु सहभागी हुन पाउनेछ्न तर एक वडाको खेलाडीले अर्को वडा बाट खेल्न भने पाउने छैनन।प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क रु.१५०० लाग्ने छ । प्रथम हुने टिमले पच्चीस हजार पाँच सय पच्पन्न पाउने छन भने दोश्रो हुनेले पन्ध्र हजार पाँच सय पच्पन्न पाउने छैन । साथै सिल मेडल र प्रमाणपत्र समेत दिइने उप समिती संयोजक दिपेश घिमिरेले बताए। खेलप्रेमी सम्पुर्ण महानुभावहरुमा प्रथम मेयर कप सब्य एवम भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुन आयोजकले हार्दिक आह्वान गरेका छ्न।