संकल्प मिडिया सेन्टरद्वारा संचालित

जिको विडोडो पुनः इन्डोनेसियाकाे राष्ट्रपतिमा निर्वाचित

  •  
  •   ७ जेष्ठ २०७६, मंगलवार
  •  

एजेन्सी । इन्डोनेसियामा भएको राष्ट्रपति निर्वाचनमा जिको विडोडो पुनः निर्वाचितन भएका छन् । एक महिनाअघि भएको निर्वाचनको मंगलबार परिणाम सार्वजनकि गरिएको हो ।
निर्वाचन आयोगका अनुसार वर्तमान राष्ट्रपति विडोडोले ५५ प्रतिशत मत ल्याइ विजयी भएका छन् । तर उनका प्रतिद्वन्द्वी रहेका पूर्व जनरल प्राबोवो सुविआन्तोले निर्वाचन परिणाम अस्वीकार गरेका छन् ।

निर्वाचनको परिणाम घोषणा हुनअघि नै उनले ब्यापक रुपमा धाँधली भएको आरोप लगाएका थिए । सुविआन्तोले चुनावी परिणामलाई अदाततमा चुनौति दिन वा नदिने भन्ने बारेमा अहिलेसम्म स्पष्ट भएको छैन ।
चुनावी परिणामपछि संभावित हिंसालाई ध्यानमा राख्दै राजधानी जकार्तामा ३२ हजार प्रहरी परिचालन गरिएको बिबिसीले जनाएको छ । पाँच वर्षअघि सन् २०१४ मा भएको राष्ट्रपति निर्वाचनमा विडोडोले नै सुविआन्तोलाई नै पराजित गरेका थिए । सन् २०१४ मा चुनावी परिणामलाई चुनौति दिँदै सुविआन्तो अदालत पुगेका थिए । जसलाई अदालतले खारेज गरिदिएको थियो ।