संकल्प मिडिया सेन्टरद्वारा संचालित

जाजरकोटमा पहिरोले घर पुरिँदा २ छोरीसहित आमाको मृत्यु

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   रासस

जाजरकोट- जाजरकोट भेरी नगरपालिका-२, तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनकी श्रीमती र २ छोरीको मृत्यु भएको छ।

आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु ९ वर्षीया मोतिकला वली र ३ वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिए।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलबाट उद्धार टोली खटिएको उनले बताए।