संकल्प मिडिया सेन्टरद्वारा संचालित

जहाज उडाउन सिकाइरहेका प्रशिक्षक बेहोस्, सिकारुले उतारे विमान

  •   काठमाडौं
  •   १७ भाद्र २०७६, मंगलवार
  •   त्रिबेणी

प्रशिक्षक आकाशमै बेहोस् भएपछि एक प्रशिक्षार्थी चालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गराएका छन् । 

पर्थस्थित विमानस्थलमा जहाज उडाउन सिकाइरहेका प्रशिक्षक अचेत भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रणसँग आपत्कालीन सञ्चार सुरु गरेका थिए ।
 
उनले  विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरुको सहयोग र निर्देशनमा विमान अवतरण गराउन सफल भएका हुन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।