संकल्प मिडिया सेन्टरद्वारा संचालित

जब बामदेव गौतम दिदि-बहिनीहरुको बिचबिचमा नाँच्न थाले

  •   काठमाडौं
  •   १६ भाद्र २०७६, सोमबार
  •   त्रिबेणी

आज नेपालीहरुको महान चाड हरितालीका तीजको विशेष दिन हो । आज हिन्दु नरनारीहरु विशेष व्रत बसिरहेका छन् । तीजको अघिल्लो दिन राति दर खाने चलन छ ।

हिँजो एउटा दर खाने कार्यक्रममा विशेष आकर्षणको केन्द्र बने नेकपा सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री बामदेव गौतम । दिदिबहिनीहरुसँग पार्टी निकटहरुको विशेष दरखाने कार्यक्रम तय भएको थियो ।

आयोजकले बामदेवलाईपनि बोलाएका थिए । कार्यक्रममा बामदेवका छोरा हरिषदेव गौतम, सांसद बिमला बिक, सांसद तुलसा थापा, विद्यार्थी नेतृ आरति लामा, सांसद नविना लामा लगायत पार्टी पंक्तिको बाक्लो उपस्थिती थियो ।

त्यही कार्यक्रममा दुर्गेश थापाको गीत दिदी बैनी मात्रै नाच्छन् जहिले पनि तीजमा हामी पनि नाच्नु पर्छ विच… हामी पनि नाच्नु पर्छ–बिच बिचमा भन्ने घन्कियो । दिदिबहिनीसँगै बामदेवपनि बिचबिचमा नाँच्न थाले । उक्त भिडियो सामाजिक सञ्जालमापनि आएको छ । जसलाई संस्कृती प्रेमी नेता भनेर सेयर भइरहेको छ ।