संकल्प मिडिया सेन्टरद्वारा संचालित

जब ज्योति मगरलाई आयोजकले नै दुव्र्यवहार गरे पछि ……..

  •  
  •   ६ मंसिर २०७५, बिहीबार
  •  

काठमाडौं, ६ मंसिर – नवलपरासीको गैँडाकोटमा प्रस्तुति दिन पुगेकी ज्योति मगरले आफूमाथि आयोजक मध्यकै एकले अपशब्द बोलेर दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।
मगरले बुधवार सामाजिक सञ्जालमा स्टेटस लेख्दै म एकदम डराएकी छु । तर मैले लड्नु छ । र यो सुरु भएको छु भन्दै स्ट्याटस समेत लेखेकी थिइन् ।
ज्योतिलाई होटल र्पुयाइदिन आएका आयोजक टिमका एकले होटलको कोठामा पुगेपछि अपशब्द प्रयोग गरेको उजुरी गरेको प्रहरी उजुरीमा मगरले गरेकी छिन् ।
प्रहरीले होटेलमा पुगेर एक जनालाई नियन्त्रणमा लिएको थियो।  बुधबार बिहान ती व्यक्तिसँग बयान गर्दा आफूले मापसे गरेर केही अपशव्द बोलेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए। डिएसपी रेग्मीले भने, उहाँले उजुरी दिएपछि नियन्त्रणमा लिएका हौं। दुवै पक्ष बीच सहमति भएपछि विवाद मिलेको हो। स्रोतः चक्रपथ