संकल्प मिडिया सेन्टरद्वारा संचालित

जनता भड्काउन खोजेको भन्दै पुर्व प्रधानमन्त्री भट्टराईलाई पक्राउ गर्न माग

  •   काठमाडौं
  •   २२ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पछिल्ला दिनहरुमा सामाजिक सद्भावमा खलल पुर्याउने खालका बयान दिदै आएको आरोप लाग्ने गरेको छ । केही हप्ता पहिले टीकापुरमा पुगेर सामाजिक सद्भाव भड्काएको आरोप लागेका डा.भट्टराईले दलितलाई अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ ।

उहाँले एक कार्यक्रममा दिएको अभिव्यक्ति विवादित बनेपछि विरोध सुरु भएको हो । डा. भट्टराईले दलितलाई अपमान गर्दै धर्म परिवर्तनकालागी भड्काएको भन्दै तत्काल कानुनी कारबाही गर्नुपर्ने माग उठेको छ । देशको उच्च पदमा आसिन व्यक्तिले यसरी सामाजिक सद्भाव भड्काउने खालका अभिव्यक्ति दिनु आफैंमा राम्रो संकेत होईन ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भट्टराईलाई छाडा छोड्नु नहुने समेत बताएका छन् । आजको अभिव्यक्तिले पनि भट्टराईले सामाजिक सद्भाव भड्काएर राजनीति गर्न खोजेको आरोप छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भने डा. भट्टराईलाई तत्काल पक्राउ गरेर कारबाही गर्न समेत माग गरेका छन् ।

त्यस्तै वरिष्ठ पत्रकार तथा नागरिक अभियन्ता देव प्रकाश त्रिपाठीले पनि कारवाहीको माग गरेका छन् । एक कार्यक्रममा भट्टराईले दलितहरुलाई हिन्दु धर्मले अपमान गरेको भन्दै यो धर्म मान्न नहुने खालको अभिव्यक्ति दिनु भएको थियो ।