संकल्प मिडिया सेन्टरद्वारा संचालित

जनताको पक्षमा संचार मन्त्री, मन्त्री बास्कोटाको सक्रियता : आफूखुसी बढाएको इन्टरनेटको मूल्य फिर्ता

  •  
  •   १० श्रावण २०७५, बिहीबार
  •  

काठमाडौं, साउन १०
दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो ।
इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । सरकारले इन्टरनेटमा कर लगाएको भन्दै सेवा प्रदायकले साउन १ गतेबाट आफूखुसी मुल्य बढाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली आफैले अग्रसरता लिएर मन्त्री बाँस्कोटालाई इन्टरनेटको मुल्य बढाउने काम गैरकानूनी भएको भन्दै फिर्ता लिन लगाउन निर्देशन दिनुभएको थियो । मन्त्री बाँस्कोटाले लगत्तै सेवा प्रदायकसँग छलफल गरी बढाइएको शुल्क घटाउने समयसीमा तोक्नुभएको थियो । यस अतिरिक्त मन्त्री बाँस्कोटाले थै कार्यदल समेत गठन गरी मुल्य घटाउने गृहकार्य अघि बढाउनु भएको थियो ।
सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो । ‘अब असारमसान्तसम्म भएको बिलिङमा एक रुपैयाँ पनि थप नगर्ने गरी सहमति भएको छ,’ सञ्चार मन्त्रालयका सहसचिव विरेन्द्र मिश्रले भन्नुभयो, ‘बढेको मूल्य हट्यो । सेवाको मूल्य अब पहिलेकै अवस्थामा फर्किनेछ ।’
सरकारले इन्टरनेट सेवा प्रदायकले विदशेबाट ल्याउने इन्टरनेट ब्याण्डविथ सस्तो हुँदा पनि सरकारले कर बढाएको तर्क गरेर उपभोक्तामाथि कर थोपर्नु वैज्ञानिक नहुने बताएको थियो । अन्तर्राष्ट्रिय मूल्यअनुसार सेवाको मूल्य समायोजन गर्नुपर्ने तर्क मन्त्री बास्कोटाले राख्दै आउनु भएको छ ।
तर, सेवा प्रदायकले यसरी दस्तुर थपिँदा पनि मूल्य नबढाए घाटा हुने तर्क गर्दै आएका थिए । कार्यदलको बिहीबारको बैठकमा भने इन्टरनेटको मूल्य पुरानै कायम गर्न सेवा प्रदायक सहमत भएका छन् ।