संकल्प मिडिया सेन्टरद्वारा संचालित

जंगलमा २ वेवारिसे महिलाको शव फेला

  •   बुटवल
  •   ३२ श्रावण २०७६, शनिबार
  •   रासस

शनिवार साँझ दाङको जंगलमा २ वेवारिसे महिलाको शव फेला परेको छ  ।
तुलसीपुर उपमहानगरपालिका–९ स्थित अस्वार सामुदायिक वनमा सडेगलेको अवस्थामा २ हुलिया नखुलेका महिलाको शव फेला परेको दाङ्गका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
फोटो खिच्न र उमेर अनुमान गर्न समेत नसकिने गरि दुई महिलाको शव फेला परेको र गहिरो अनुसन्धानको विषय भएको एसपी पाण्डेले बताए ।