त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

चौरीदेउराली गाँउपालिका काभ्रेकै नमुना क्षेत्र बन्ने बेला धेरै टाढा छैन

  •   काठमाडौं
  •   ९ असार २०७७, मंगलवार
  •   त्रिबेणी

काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउरालि गाँउपालिकामा जन्म लिएका लेखराज गौतम बैचारीक व्यक्तित्व हुन् । उनी कानुन व्यवसायी हुनुका साथै नेकपा काभ्रेका नेता पनि हुन् । गत स्थानिय चुनावमा तत्कालिन नेकपा एमालेबाट गाँउपालिका अध्यक्षका उमेद्वार रहेका गौतमले गाँउपालिकाको विकासका लागि सम्पुर्ण जीवन नै समर्पण गरेको स्थानियवासीको बुझाई रहेको छ ।

लकडाउन कसरी वित्यो ? लकडाउनको समयलाई प्रगतिमुलक बनाउनु भयो या भएन ?
– विश्वभर कोरोनाको त्रासका कारण लकडाउनको अवस्था सृजना भयो । यसबाट विश्व नै महामारीमा परेको छ । हामी नेपालीपनी यसबाट अछुतो हुन सकेनौ । यस विचको समयमा मैले पुराना पढ्न नभ्याएका पुस्तकहरु पढे, आफ्नो गाँउ ठाँउका व्यक्तिहरुलाई समस्या रहेको छ कि भन्ने कुराको निरन्तर जानकारी लिदै समस्या रहेका व्यक्तिहरुलाई समन्वय गर्दै सहयोग गरे । स्वास्थ्यसँग सम्बन्धित सामाग्रीहरु गाँउपालिकामा ल्याउने जस्ता कार्यमा समेत अग्रपन्तीमा रहेर कार्य गरे । विशेष गरी खानपीनको अभाव हुने मजदुरी गर्ने व्यक्तिहरुलाई मनकारी साथीहरुसँग समन्वय गरेर खाद्यन्नको व्यवस्था गरियो ।

काभ्रेको चौरीदेउराली गाँउपालिकामा लकडाउनको प्रभाव कस्तो र¥यो ?
– लकडाउनको प्रभाव नेपाल भरि नै रहेको बेलामा चौरीदेउरालीमा पनि यसको प्रभाव निकै नै र¥यो । लकडाउनको सुरुवाती अवस्थामा मानीसहरु त्रसीत भएको पाईयो । रोगदेखि डराउने अब के हुन्छ भन्ने अवस्था समेत र¥यो । तर, लामो समयसम्म त्यस्ता कुनै खालका भयावह अवस्था त्यहाँ रहेन । जेठ महिनाको सुरुवाती दिनमा आर.डि.टि. परीक्षण गर्दै जादा गाँउपालिकाकै १० जनाको पोजेटिभ देखिएपछि जनमानसमा त्रासको सृजना भयो । उनीहरुको धुलिखेल अस्पतालमा पि.सि.आर. टेस्ट गर्दा सबैको नेगेटिभ आएसँगै गाँउलेले ठुक्कको सास फेरेको पाईएको छ ।
विभिन्न व्यक्तित्वहरु कामको कारणले आउने, जाने कार्य कायमै रहेको कारणले गर्दा मान्छेहरुमा एक किसिमको त्रासकै अवस्था रहेको छ । यसबाट सुरक्षित रहनका लागि बेला बेलामा साबुन पानिले हात धुने, सरकारले र डाक्टरले भनेको निर्देशनहरु पालना गर्ने, बाहिर जादा माक्सको अनिवार्य प्रयोग गर्ने र रोगसँग लढ्न सक्ने क्षमता बढाउने खालका खाद्यन्नहरु मात्रै खादा रोगबाट बच्न सकिने अवस्था भने रहन्छ । यस विषयमा गाँउपालिकाले पनि जुन अवस्थामा अगाडि बढ्न पर्ने सम्पुर्ण पुर्वाधारका साथ अगाडि बढेको छ ।

पछिल्लो समयमा लकडाउन खोल्दै गर्दा अबको अवस्था कस्तो रहला ?
( अब हाम्रो देशको अवस्थापनि इटली र अमेरीकाको जस्तो अवस्था नरहला भन्न सकिदैन । भारतबाट लाखौको संख्यामा नेपालीहरु नेपाल भित्रिसकेको पाईएको छ । नाका रहेका तराई भेगमा यसै कारणले कोरोनाको सक्रमित धेरै रहेको बुझिएको छ । कामको शिलशिलामा भारत गएका हाम्रो क्षेत्रका स्थानियहरुपनि फकर्ने क्रम रहिरहेको छ । यो हुदै गर्दा हामी जनता र जनप्रतिनिधिले समेत यस कुरामा विशेष ध्यान दिनपर्ने अवस्था देखिन्छ । त्यस स्थिति आउदा यसको समाधानका लागि तत्काल गरिनुपर्ने अत्यावश्यक कार्यहरुलाई भने पुर्वतयारी नै गर्नु पर्ने आवश्यकता देखिन्छ । यस विषयमा स्थानिय सरकार, त्यस स्थानका राजनीतिक दल, समाजसेवी सबैको एकता हुनु आवश्यक देखिन्छ ।

वैदेशिक रोजगारमा रहेका युवाहरु विदेशबाट फर्कने क्रम बढ्दो छ । त्यस युवाहरुलाई देशमा राख्ने अवस्था रहला या नरहला के लाग्छ तपाईलाई ?
– मेरो बुझाईमा त्यस युवाहरु फेरी विदेश जानपर्ने अवस्था रहदैन । केहि मात्रामा युवाहरु फेरी विदेशियता पनि धेरै मात्रामा नेपालमा नै रहने अवस्था रहेको देखिन्छ । युवाहरुलाई नेपालमा नै राख्नका लागि तीन तहको सरकार नै जिम्मेवार हुनुपर्ने देखिन्छ । त्यसको लागि आवश्यक स्वरोजगारका कार्यक्रमहरु निर्माण गर्नु आवश्यकता रहेको छ । वैदेशिक रोजगारबाट फर्किएका युवाहरुले नयाँ प्रविधि सिप, श्रम र केहि मात्रामा पुँजी समेत लिएर आएको अवस्था छ । त्यस पुँजी र सीपलाई नेपालमा नै खर्चेर अगाडि बढ्दा यहा पनि त्यताको जती नै कमाई नहोला भन्न सकिदैन । यसको लागि राज्य अझै धेरै जिम्मेवार भएर विभिन्न क्षेत्रबाट उनीहरुलाई सहयोग गर्ने प्रोतसाहन गर्नु आवश्यक देखिन्छ । यो गर्दा यहाँको उत्पादनत्व बढाउने अवस्था समेत रहन्छ ।

नेकपाको दुई तिहाईको सरकारबाट जनतालाई कस्ता खालका अपेक्षा रहेका थिए र ती अपेक्षाहरु पुरा भए कि भएनन् । तपाईलाई के लाग्छ ?
– हाम्रो देश नेपालमा लामो समयदेखि अस्थीरतामा रुमली रहेको अवस्था रहेको थियो । २०७४ सालको चुनाव पच्छात् नेपालले स्थीर सरकार पाएको छ । यस सरकारले नेपाललाई समृद्धिको बाटोमा अगाडि बढाउन पर्ने, देशमा रहेका जनतालाई रोजगारको सृजना गर्नु पर्ने आर्थीक बृद्धिदर बढाउनुका साथै पुर्वाधार विकासमा विशेष जोड दिनपर्ने थियो र यस कार्य पनि भईरहेको छ । तर, जति कामहरु भईरहेका छन् ति पर्याप्त भने छैनन् । साचै तल्लो तहसम्म गरीब, दुखी, पिछडिएको वर्गलाई अगाडि बढाउने कार्यक्रमहरु सृजना गर्नु आजको आवश्यकता हो । यसको लागि थप प्रभावकारी भएर कार्य गर्नु पर्ने आवश्यता देखिन्छ । तर, हामी सधै असन्तुष्ट भएर मात्रै पनि नहुने देखिन्छ । बादलको घेरामा पनि चाँदि हुन्छ भनेको जस्तै अहिलेले सरकारले गरेको काम पयाप्त नभएता पनि गर्दै नगरेको विकास प्रति चेतनानै नभएको भन्न भने मिल्दैन । कमि कमजोरी लाई सुधार्ने तीनै तहको सरकारले आफ्नो क्षेत्रबाट विकासलाई अगाडि बढाउन सकियो भने मात्रै समृद्ध सम्भव छ त्योपनि हाम्रै पालामा ।

स्थानिय तहको आगमनसँगै चौरीदेउराली गाँउपायलिकाले गरेको कार्य र यसबाट जनतामा सन्तुष्ट रहेको छ या छैन भन्ने कुराको जानकारी गराईदिनुस न ?
– गणतन्त्रको प्राप्तिपछि नेपालमा पहिलो पटक स्थानिय तहको निर्वाचन भयो । त्यस निर्वाचनमा म पनि तत्कालिन नेकपा एमालेको उमेद्वारको रुपमा निर्वाचनमा भाग लिए, मैले पराजय बेहोर्नुपर्यो । अहिले निर्वाचिन हुनुभएको जनप्रतिनिधिले निर्वाचनको समयमा घोषणा पत्रसहितको प्रतिबद्धता जायर गर्नु भएको थियो । कार्यन्वयनमा कमी देखिएको छ । चुनाव ताका जनतामा जुन जोस, जागर, उमंग देखिएको थियो त्यो अहिले नदेखिएको अवस्था रहेको छ । हिजो सचिवहरुले गाँउ विकास समिति चलाउदै गर्दा जे अवस्था थियो त्यहि कुरालाई नै निरन्तरता दिइएको होकि भन्ने देखिएको छ । गर्न खोजेको कार्यलाई सम्मान गरिएता पनि परीणाममुखी नभएको र जनतामा विस्तारै असन्तुष्टि देखिएको छ । फेरी पनि प्रतिबद्धता र घोषणा पत्र फेरी पल्टाएर हेरेर कमजोरी केलाउनुको विकल्प छैन ।

यदि तपाई चौरीदेउराली गाँउपालिकाको अध्यक्ष हुनु भएको भए के कस्ता कार्यहरु अगाडि बढाउनु हुन्थ्यो ?
– गाँउपालिका अध्यक्ष भएको भए के गर्थे भन्दा पनि नेकपाको प्रतिनिधिको हैसियतले भन्दा पाटिको निति कार्यक्रम नै मेरो निति हुन्छ । म पाटिको ईमान्दार सीपाई हु र पाटिको प्रतिनिधिको रुपमा गाँउपालिकाको उमेद्वार भएको थिए । यदि म निर्वाचित भएको भए पाटिले बनाएको घोषणा पत्रलाई नै आत्मसाथ गर्दै त्यसलाई नै आधार बनाएर अगाडि बढ्थे । पुर्वाधारको क्षेत्रमा सडक, खानेपानी, सीचाई, बत्तीको कुरालाई प्राथमिकतामा राख्नु सामान्य कुरा हो यो हिजो प्रजातन्त्रमा पनि भएको थियो राणासाशन कालमा पनि भएको थियो हामीले यो भन्दा बाहेकको आवश्यकतालाई खोजी गर्नुपर्छ । देशको राजधानीबाट धेरै नजीक रहेर पनि बिकट जस्तो देखिदा यसलाई विकसित बनाउनु आजको आवश्कता हो । मुख्य गरी चौरीदेउराली गाँउपालिकामा रहेको सिमित स्रोत र साधनको प्रयोग गरेर जनताको जीवनस्तरलाई उकास्ने खालको गतिविधिमा गाँउपालिका अझै धेरै उत्तरदायी हुनुपर्दछ । यसो भयो भने मात्रै हामी सबैको विकसित चौरीदेउराली भन्ने भावना अगाडि बढाउन सकिन्छ । जनप्रतिनिधिहरु जनउत्तरदायी हुनु आवश्यक रहेको छ ।

चौरीदेउराली गाँउपालिकालाई काभ्रे कै पर्यटकीय गन्तव्य बनाउन सकियला या सकिदैन ?
– प्राकृतिक र भौगोलिक हिसावले चौरीदेउरालीलाई पर्यटकिय क्षेत्र बनाउन सकिन्छ । त्यसको लागि स्थानिय सरकारसँग योजना र कार्यक्रम हुनुप¥यो, लगानि हुनुप¥यो, पर्यटनसँग सम्बन्धि व्यक्तित्वहरुसँगको समन्वय र लगानी आवश्यकता रहन्छ । गाँउपालिकाले मात्रै लगानि गरेर पर्यटकिय क्षेत्र रहदैन र प्राईभेट क्षेत्रलाई अगाडि बनाउनका लागि गाँउपालिकाको पहल रहनुप¥यो । चौरीदेउराली हुदै जाने नेपालकै धार्मीक पर्यटकिय गन्तव्य सौलुङलाई मुख्य प्रवेशद्धार बनाउनु आवश्यक रहेको छ । पुर्वाधार विकासका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्दै दृष्याअवलोकनको लागि उपयुक्त बगैचा बनाउने जस्ता कार्य अगाडि बढ्नु आवश्यक रहन्छ । सुरक्षा लाई प्राथमिकतामा राख्दा यसलाई पर्यटकिय गन्तव्य बनाउन सकिन्छ ।

चौरीदेउराली गाँउपालिका वर्तमान अवस्थासम्म काभ्रेको विकट गाँउपालिका नै मानिन्छ । भविष्यमा काभ्रेकै नमुना क्षेत्र नबन्ला ?
– चौरीदेउराली गाँउपालिका विकट केहि समय अगाडि थियो अहिले विकट छैन ।
किनभने, हाम्रो गाँउपालिकाको ३ ओटा वडा भागबाट नै मध्यपहाडि लोकमार्ग अगाडि बढिरहेको छ । मध्यपहाडि रोडबाट नै गाँउपालिकासम्म जाने बाटो कालोपत्रे भईरहेको छ । गाँउपालिका केन्द्रबाट प्रत्येक वडा कार्यलयसम्म र वस्तीसम्म पुग्ने मोटरबाटोको स्थापना भईसकेको छ । त्यसलाई हिउद र बर्खामा नै चलाउन सकिने गरी स्तरउन्नती गर्नु आवश्यक देखिन्छ । कृषिलाई उत्पादनसम्म जोडेर उत्पादनलाई रोजगारी र आर्थीक बृद्धिदरसँग जोड्ने साथै उत्पादनलाई बजारसम्म पु¥याउनका लागि सडक स्थापना गर्न सक्ने हो भने चौरीदेउरालीमा आर्थीक जीवनस्तर उकास्न धेरै लामो समय लाग्दैन । हामी सवृद्धिको दिशा तर्फनै अगाडि बढेका छौ ।

नेपाललाई विकसित देश मध्यकै एक देश बनाउन नसकिएला ?
– हामीहरु सुनको कचौरा दिएर माग्न हिडेको अवस्था रहेको छ । हाम्रो स्रोत, साधनलाई आवश्यकताका आधारमा विकास गर्ने । हाम्रो राजनैतिक दलका नेतृत्वहरु ईमान्दार भएर देशको विकासतर्फ अगाडि बढ्ने हो भने हामी छोटो समयमा नै विकासीत देश बन्न सक्छौ । मुख्य कुरा राजनीतिक स्थायीत्व हो त्यो हामीले हासील गरीसकेका छौ । यस पछिका कुरामा जनताको जीवनस्तरलाई अझै अगाडि बढाउने कुरामा नेतृत्वको ध्यान केन्द्रित भएर देशलाई औधोगिकरणतर्फ अगाडि बढाउने, रोजगारी सृजना गर्ने र राजनीतिक दलहरु आफै बढि लोकतान्त्रीक हुने र तीनै तहको सरकारले जनउत्तरदायी हुने हो भने हामी विकसीत देशको तुलनामा पुग्नका लागि धेरै सम्भावनाहरु रहेका छन् । हामी आ आफ्नो ठाँउबाट अधिकारमात्रै नखोजी नागरिकको कर्तव्य पालना गर्नु पर्ने देखिन्छ । यति गर्ने हो भने हाम्रो देशलाई विकसिक हुने दिशातर्फ लाग्नलाई कुनै शक्तिले छेक्दैन र हामी त्यहि दिशातर्फ लागेको छौ भन्ने कुरामा म विश्वस्त रहेको छु ।

अन्तमा के भन्न चाहानुहुन्छ ?
– कोरोनाको कारणले देशले जुन त्रासको अवस्था सृजना भएको छ । हामीले जुन घाटा बेहोरीरहेका छौ । त्यसको लागि राज्यले तोकेको मापदण्ढ अनुरुप कार्य गर्नु आजको आवश्यकता हो । हामी केहि समयमा हाम्रो व्यवसाय सञ्चालन गर्न सक्ने अवस्थामा पुग्न सक्छौ । समग्र चौरीदेउराली गाँउपालिकाको नागरीकहरुमा कोरोनालाई पराजीत गर्नका लागि आफ्नो आफ्नो भुमिका निर्वाह गर्र्दै अनुशासित भएर अगाडि बढ्ने हो भने आगामी दिन हाम्रो उज्वल भविष्य रहेको छ । साथै मलाई आफ्नो कुरा राख्ने अवसर दिनुभएकोमा तपाई हाम्रो साप्ताहिक र अमित न्यौपानेलाई विषेश धन्यवाद दिन चाहान्छु ।