संकल्प मिडिया सेन्टरद्वारा संचालित

विरोध र आलोचनाकाबीच दिगम्बर झाले पुन पाए नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष

  •  
  •   २४ भाद्र २०७५, आईतवार
  •  

२४ भदौ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पद दिगम्बर झाले सम्हालेका छन् । झालाई आइतबार सञ्चारमन्त्री गोकुल बास्कोटाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । त्यस्तै सपथ ग्रहण भए लगतै उनले कार्यालय पुगेर पदबहाली पनि गरे ।
गत बिहीबार मन्त्रिपरिषद बैठकले झालाई नियुक्त गर्ने निर्णय गरेको थियो। दिगम्बर झाले तेस्रोपटक दूरसञ्चार प्राधिकरणमा नियुक्ति पाएका छन् ।
दूरसञ्चार प्राधिकरण ठूलो बजेट भएको दूरसञ्चचार नियामक निकाय हो । प्राधिकरणमा झाले पाँच वर्षका लागि नियुक्ति पाएका छन्। गत वैशाखमा अविश्वास गरेर काम रोक्न निर्देशन दिएको र असारमा वर्खास्त गरेको सरकार आफैंले झालाई फेरि नियुक्ति दिएको हो।
चौतर्फी विरोध र आलोचनाकाबीच नियुक्त पाएका झाले आजदेखि काम सुरु गरेका छन्।