संकल्प मिडिया सेन्टरद्वारा संचालित

चेल्सी युरोपा लिग च्याम्पियन

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

एजेन्सी/लन्डन क्लब चेल्सी युरोपा लिग च्याम्पियन बनेको छ । अजरबैजानमा बुधबार राति भएको फाइनल खेलमा इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई ४–१ गोलले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । एकपक्षीय खेलमा चेल्सीलाई जिताउन इडन हजार्डले दुई तथा ओलिभर गिरोड र पेड्रो रोड्रिग्वेजले एक एक गोल गरे । आसर्नलका एलेक्स इओवीले सान्त्वना गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोली गोल रहित बरबरीमा रोकिए । दोस्रो हाफमा आक्रामक देखिएको चेल्सीले ४९औं मिनेटमा खाता खोलेको थियो । चेल्सीका लागि पहिलो गोल गिरोडले गरे । ६०औं मिनेटमा रोड्रिग्वेजले गोल गदै चेल्सीको अग्रता दोब्बर बनाए ।
त्यसपछि हाजार्डले लगातार दुई गोल थपे । चेल्सी छाड्ने तयारीमा रहेका हजार्डले ६५औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । गिरोडलाई आर्सनलका मेटल्यान्ड निल्सले डिबक्सभित्र फल हानेपछि चेल्सीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा चेल्सीको दबाब झेलेको आर्सनलका लागि एलेक्स इओवीले ६९औं मिनेटमा एक गोल फर्काए ।
त्यसपछि हाजार्डले ७२औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल थप्दै चेल्सीलाई सजिलै च्याम्पियन बनाए । हाजार्ड अर्को सिजन स्पेनिस क्लब रियल म्याड्रिड जाने तयारी छन् ।