त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

चेतना मा.बिको नेतृत्वमा युवा नेता अमित लामा ! दोब्बर मतले निर्वाचित ।

  •   काठमाडौं
  •   ५ माघ २०७७, सोमबार
  •   त्रिबेणी

सरकारले बैशाखमा मध्वावधी चुनाव घोषण गरे सङ्गै स्थानीय स्तरमा मिनि चुनावी अभ्यास सुरु भएको छ । रोशी गाउँपालिका १ खहरेपागुमा रहेको श्री चेतना मा बिको विद्यालयको व्यवस्थापन समितिको छनोट प्रक्रियामा त्यसको झल्को दिखिएको हो ।

सोमबार भएको अभिभावक भेलाले सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि चुनाव भएको एक अभिभावकले बताए । १७२ जना मतदाता ( अभिभावक ) रहेकोमा १३२ मत खसेको थियो । जसमा ८५ मत सहित अमित लामा निर्वाचित भए भने प्रतिद्वन्दी कांग्रेसको तर्फबाट उम्मेदवार बनेका व्यक्तिको ४०, बदर ५ र ३ मत खाली झरेको थियो।

यस अघि पनि अभिभावक भेलामा नेतृत्व चयन हुन नसकी भेला स्थगित भएको थियो । कांग्रेसको पकठ क्षेत्र भनेर हल्ला गरिदै आएको त्यस क्षेत्रमा लामाको प्रभाव बढ्दै गएको पनि चुनावी नतिजाले देखाएको छ ।

अध्यक्षमा निर्वाचित लामा नेकपाका युवा नेता समेत हुन । उनी ओलि निकट लामा युवा संघ केन्द्रिय नेता समेत हुन । यस अघिपनी लामा नै समितिको अध्यक्ष भै विद्यालयको शैक्षिक गुणस्तर बिकासमा लाग्दै आएका छन ।

जिल्ला शिक्षा समिति सदस्य समेत रहेका लामाले स्पष्ट भिजन सहित विद्यालय सुधारको काम गरेर अभिभावकको मन जितेको एक विद्यार्थी बताउछ्न ।

थप