संकल्प मिडिया सेन्टरद्वारा संचालित

चुनावी हारपछि भारतीय कांग्रेसले आफ्ना नेतालाई एक महिनासम्म टेलिभिजन बहसमा लगायो बन्देज

  •   भारती
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •   एजेन्सी

भारतमा हालै सम्पन्न लोकसभा चुनावमा हार व्यहोरेपछि भारतीय कांग्रेसले आफ्ना प्रवक्ताहरुलाई एक महिनासम्म कुनै पनि टेलिभिजन बहसमा सहभागी हुन नदिने निर्णय गरेको छ । कंग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले एक ट्विट गर्दै यसकिसिमको प्रतिबन्धबारे जानकारी गराएका हुन् ।

‘भारतीय कांग्रेसले एक महिनासम्म आफ्ना कुनै पनि प्रवक्तालाई टेलिभिजन बहसमा नपठाउने निर्णय गरेको छ । कांग्रेस प्रतिनिधिहरुलाई आफ्नो कार्यक्रममा नराखिदिन सबै मिडिया च्यानल र सम्पादकहरुलाई हाम्रो आग्रह छ,’ ट्विटमा उल्लेख छ ।