संकल्प मिडिया सेन्टरद्वारा संचालित

चितुवाको छाला बरामद

  •  
  •   ५ जेष्ठ २०७६, आईतवार
  •  

५ जेठ – दोलखामा सशस्त्र प्रहरीको टोलीले दुर्लभ वन्यजन्तु चितुवाको छाला बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल १८ नं गुल्मको टोलिले तामाकोशी गाँउपालिका–५ किर्नेबाट चितुवाको छाला बरामद गरेको हो । बरामद गरिएको छाला साढे पाँच फिट लामो रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा जाँदा सामान बोक्ने व्यक्ति प्रहरी देखेपछि भागेका प्रहरीले जनाएको छ ।
छाला आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालयमा बुझाइएको छ ।