संकल्प मिडिया सेन्टरद्वारा संचालित

घुससहित शिक्षाका उपसचिव रंगिहात पक्राउ

  •  
  •   २५ आश्विन २०७५, बिहीबार
  •  

काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा उपसचिव लालबाबु साहलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका इकाइ प्रमुख साह भवन निर्माणका लागि निकासा भएको रकम विद्यालयको खातामा हस्तान्तरण भएपछि बैंकमा रोक्का भएको रकम फुकुवा गर्ने नाममा सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् ।
घुससहित समातिएका उपसचिव साहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिएका छन् ।