संकल्प मिडिया सेन्टरद्वारा संचालित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा, छिट्टै संचालनमा आउँने !

  •  
  •   ३ बैशाख २०७६, मंगलवार
  •  

काठमाडौं । नेपाल पर्यटनका क्षेत्रमा पछिल्लो समय राम्रो व्यापार गरिरहेको छ । नेपालका विभिन्न क्षेत्रहरुमा विदेशी र स्वदेशी पर्यटकहरुको ठुलो आर्कषण रहेको छ । धार्मिक तथा प्राकृतिक सुन्दरताले भरिपुर्ण नेपालमा पर्यटन व्यवसाय फस्टाउन खोजिरहेको छ । यस्तै यो बिचमा अहिले नेपालमा अहिले एउटा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमात्रै रहेको छ ।

एउटा मात्रै विमानस्थल भएका हुनाले पर्यटकहरुलाई अहिले केही असहज भएको ब्याख्या हुने गर्दछ । सरकार यही कुरालाई मध्यनजर गर्दै नेपालमा थप अरु केही विमानस्थलमा जुटेको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल आयोजनाका अनुसार चार तहसम्म निर्माण हुने धावनमार्गको कालोपत्रे गर्ने काम अब अन्तिम चरण मात्रै बाँकी छ ।

सामान्य अवस्था रहेमा २० दिनमा सबै धावनमार्ग कालोपत्रे भइसक्ने आयोजनाले जनाएको छ । यसबीचमा वर्षा तथा हावाहुरीका कारण कालोपत्रे गर्न समस्या भएको जनाइएको छ । धावनमार्ग तीन किलोमिटर लम्बाइको छ । अन्तिम सतहको कालोपत्रे साढे सात सेन्टिमिटरको हुने जनाइएको छ ।

धावनमार्गको अन्तिम चरणको कामसँगै ‘ट्याक्सी वे’ पनि कालोपत्रे गरिने विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनु भएको छ । उहाँले भन्नुभयो, ‘कुनै बाधा अवरोध नआए २० दिनमा धावनमार्ग निर्माण सम्पन्न हुन्छ ।’ यही गतिमा निर्माण हुने हो भने छिट्टै नै सञ्चालनमा आउँने विश्वास गरिएको छ ।