संकल्प मिडिया सेन्टरद्वारा संचालित

गृहमन्त्रीकै अगाडि पूर्व लडाकुले खाए विष, वीर अस्पताल भर्ना

  •  
  •   ५ मंसिर २०७५, बुधबार
  •  

काठमाडौं । एक जना पूर्वलडाकूले गृहमन्त्रालयमै आत्महत्याको प्रयास गरेका छन् ।
कलिकोट सानो त्रिवेणी गाउँपालिका–२ का कुलप्रसाद भट्टराईले बुधबार गृहमन्त्री रामबहादुर थापा सामन्ने विष सेवनको प्रयास गरेका हुन् । भट्टराई गृहमन्त्री थापालाई भेट्न सिंहदरबार पुगेका थिए । मन्त्रालयमा गृहमन्त्रीसँग कुराकानी गरिरहेका बेला भट्टराईले आफैले बोकेर ल्याएको किटनाशक औषधि निकालेर पिउने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
३४ वर्षीय पूर्वलडाकू भट्टराई नौ महिनादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् । घटनापछि वीर अस्पतालमै भट्टराईको आइसियुमा उपचार भइरहेको छ ।