संकल्प मिडिया सेन्टरद्वारा संचालित

गुठी विधेयकको विरोध गर्नेमाथि धरपकड र पानीको फोहरा प्रहार

  •  
  •   २६ जेष्ठ २०७६, आईतवार
  •  

काठमाडौँ- सरकारले संसदमा दर्ता गरेको राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उदेश्यसहित गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न  बनेको विधेयकको सरोकालवालाहरुले विरोध गरेका छन्।
माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रेका मानिसमाथि सरकारले पानीका फोहोरा चलाएको छ। विधेयक फिर्ता लिनु पर्ने, सार्वजनिक जग्गा व्यक्तिको बनाउने चलखेल हुन यस्तो विधेयक आएको भन्दै विरोध गर्दै आएका छन्।
भिडियो:

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा अध्यक्ष रहेको गुठी संरक्षण पुचले समेत सरकारले लुकेर भूमाफियाको हितमा सरोकारवालाहरूसँग छलफल नै नगरी विधेयक ल्याएको भन्दै विरोध गरेका थिए।
गुठी सञ्चालन गरिरहेका व्यक्तिहरूसँग छलफल नै नगरी गुठीयारलाई नै हटाउने प्रावधानसहित ल्याएको  थियो।
सरोकालवालासँग कुनै छलफल नै नगरी विधेयकहरू संसदमा दर्ता भएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका थिए।

(भिडियो सौजन्य- पत्रकार शिवहरी घिमिरे।)
अन्य तस्बिरहरु: