त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

गुटबन्दी राजनीतिमा रमाउनाले नगरसभा गर्न मण्डनका मेयर वाइवा असफल

  •   काभ्रे
  •   २९ पुष २०७७, बुधबार
  •   त्रिबेणी

काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाकाे अाज विहान ८:३० बजे सुरू हुने भनिएकाे हिउँदै नगर सभा अहिलेसम्म सुरू हुन सकेकाे छैन ।

नगर प्रमुख टाेक बहादुर वाईबाकाे गलत रवैया, नगरकाे नीति तथा कार्यक्रम र बजेट पुस्तिका भन्दा बाहिर मनपरि रकमकाे दुरुपयोग, अनियमितता, नगरकाे बजेट अाफ्ना मान्छे र प्रभावित गर्ने गरि दुरूपयाेग भएकाेमा विराेध गर्दै जनपक्षीय काम हुनुपर्ने माग राखी नगर उप प्रमुख निर्मला शाहीकाे नेतृत्वमा नेकपाका बहुमत नगर सभा सदस्यले बहिष्कार गरेका छन् ।

६४ सदस्यीय सभामा नगर प्रमुख वाईबा अल्पमतमा परि सभा सुरू गर्न सकेका छैनन् । नगरपालिका विधि, पद्धतिमा नचलेकाे, हैकमवादी, सामन्ती प्रवृत्ति, वेथितिमा मनपरि बजेटकाे दुरूपयाेग गरेकाेमा पटक पटक सुझाव दिदा पनि अटेर गरेकाले नगर सभा बहिष्कार गरेकाे मण्डनदेउपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष जित बहादुर तामाङले बताए । बहुमत नगर सभा सदस्य अाफु पक्षमा रहेकाे उनले बताए । नगर सभा सदस्य रूद्र बहादुर तामाङको नेतृत्वमा सभा बहिष्कार गरिएकाे एक नगर सभा सदस्यले जानकारी दिए ।

थप