त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

को हुन् त बनेपाका युवा व्यवसायी तथा चर्चीत नेता रत्नकुश रञ्जित

  •   काठमाडौं
  •   १७ श्रावण २०७७, शनिबार
  •   त्रिबेणी

बनेपा । बनेपा नगरपालिका अन्तर्गत लामो समय संघर्षका साथ सफल व्यवसायी र राजनीतिमा युवा पुस्ताको अनुहार हुन् रत्नकुश रञ्जित । बनेपा नगरपालिकामा लामो संघर्ष जीवन विताएर यतीबेला सफल व्यवसायी समेत रहेका रञ्जित को हुन् त भन्ने मनोजिज्ञासा आम काभ्रेलीलाई हुनसक्छ । बनेपालीको समस्यामा दिनरात नभनी निरन्तर खट्ने बनेपाली जनताको ढुकढुकी रञ्जितले आफ्नो जीवनको लामो समय भने दुख समस्यामा नै विताउनु भएको छ । मध्यम वर्गबाट दिनको २० घण्टासम्मको देशमै संघर्षको जीवन विताउदै जादा आज सफल व्यवसायी बनेका हुन् । लामो समय तल्लो तहमा रहेर राजनीतिमा अगाडि देखिएका रञ्जीतले तल्लो वर्गको समस्या के छ त भन्ने कुराको समेत मनस्थिती बनाईसक्नु भएको छ । जिल्लाका युवा व्यवसायी रञ्जीतको मातहतमा मात्रै २०० जना भन्दा बढि कर्मचारीलाई रोजगार दिनुभएको छ । जिल्लामा नै उत्कृष्ट शिक्षाको परिचय दिनका निम्ती विद्यालय व्यवसायसँग समेत जोडिएर विद्यार्थीको भविष्यको खाका कोर्दै हुनुहुन्छ काभ्रेका रञ्जित ।
जिल्लामा नै एउटा नाम राख्न सफल विभिन्न संघ सस्थासँग सम्बन्ध रहेका रञ्जितलाई बनेपाली जनताले यतिबेला आफ्ना प्रतिनिधि बनाउने भन्ने दौडमा समेत लागेका छन् । राजनीतिमा धेरै देखिने अनुहार भएपनि कुनैपनि पदको मोह नराख्ने रञ्जितलाई जनतास्तरबाट नै युवाले बनेपाको नेतृत्व गर्नुपर्छ यसका लागि हाम्रा उमेद्वार हुन् रञ्जित भन्ने निश्कर्षमा पुगेका छन् । विद्यार्थीका काभ्रेका नेता सुरेश मानन्धरले आफुले अर्को चुनावका निम्नी बनेपाको संभावना बोकेको एक मात्रै व्यक्ति रत्नकुश देखेको समेत बताएका छन् । सिनागालको नेकपाका कार्याकर्ता सविन दाहालले जनतास्तरबाट हेर्ने हो भने सिनागालका सम्पुर्ण युवा विद्यार्थी र गाँउवाशीले युवाको नेतृत्व आवश्यक रहेको र त्यसमा पनि हाम्रो मनको उमेद्वार भने रत्नकुश रञ्जित नै रहेको बताएका छन् ।
बनेपा नगरमा दुखिलाई दुख्दा होस् या सहरवाशीलाई विकास चाहिदा होस् सम्पूर्णको सम्वन्यगत भूमिका रञ्जितसँग नै हुने गर्दछ । आफ्नो नीजि व्यवसायमा यतिबेला बनेपाका नै सफल मानिएका रञ्जितले व्यवसायबाट नै आफ्नो सम्पुूर्ण आवश्कता पुर्ती गर्ने भएकाले भ्रष्टचारतर्फ उन्मुख समेत नरहने आम बनेपालीले मुल्यांकनसमेत गरेका छन् । उनले कर्मचारी व्यवस्थापनका पाटोमा २०० जना कर्मचारीलाई व्यवस्थापन गर्नसक्ने कलाले नगरमा भोली हुने व्यवस्थापनका फितलो पक्ष समेत हट्न आम जनविश्वास रहेको छ ।

थप