संकल्प मिडिया सेन्टरद्वारा संचालित

कोलकत्तालाई हराउँदै मुम्बई क्वालिफायरमा

  •  
  •   २३ बैशाख २०७६, सोमबार
  •  

एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को क्वालिफायरका लागि छनोट भएको छ । आइतबार राति लिग चरणको अन्तिम खेलमा कोलकत्ता नाइट राइडर्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा स्थान बनाएको हो । क्वालिफायरमा मुम्बईले चेन्नेई सुपर किंग्ससँग खेल्नेछ । कोलकत्ता भने प्रतियोगिताबाट बाहिरिएको छ ।
एक सय ३४ रनको लक्ष्य मुम्बईले १६.१ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गरेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धसतकीय इनिङ खेले । उनले ५५ रन बनाएका थिए । सुर्यकुमार यादवले अविजित ४६ र क्विनटन डी ककले ३० रन बनाए । बलिङमा कोलकत्ताका प्रसिद्ध कृष्णले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङमा गरेको कोलकत्ताले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमाएक सय सय ३३ रन बनाएको थियो । कोलकत्ताका लागि क्रिस लिनले ४१ रन बनाए । रोविन उथ्थपाले ४० र नितिश रानाले २६ रन बनाए । बलिङमा मुम्बईका लाथिस मालिङ्गाले तीन विकेट लिए । हार्दिक पाण्डेया र जसप्रित बुम्राहाको दुई दुई विकेट झारे ।
निर्णायक यस खेल हारेपछि कोलकत्ता प्रतियोगिताबाट बाहिरिएको छ । कोलकत्ताले पराजित भएपछि सनराइजर्स हैदरावाद प्लेअफमा छनोट भएको छ । कोलकत्ता र हैदरावादको समान १२ अंक भएपनि नेट रनरेटका आधारमा हैदरावाद प्लेअफमा स्थान बनाएको हो ।