त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

कोरोनाविरुद्धको १० लाख डोज खोप भोलि नेपाल ल्याइने

  •   काठमाडौं
  •   ७ माघ २०७७, बुधबार
  •   त्रिबेणी

नेपाललाई भारतले काेराेनाविरुद्धकाे खाेप उपलब्ध गराएकाे छ ।

भारतले अनुदानस्वरुप नेपाललाई १० लाख डाेज खाेप उपलब्ध गराएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको १० लाख डोज खोप भोलि नै नेपाल आइपुग्ने बताउनुभयाे ।

मन्त्रालयमा आज आयाेजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भन्नुभयाे – ‘सरकारले खोप लगाउने तयारी थालिसकेकाे छ, चाँडै नै खोप लगाउने अभियान सुरु हुन्छ ।’ खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र आर्थिक सबै तयारी पूरा भइसकेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयाे ।

सरकारले पहिलाे चरणमा काेराेनाविरुद्धकाे लडाईंका याेद्धालाई खाेप दिने उहाँले बताउनुभयाे । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायत कोरोनाविरुद्धको अभियानमा खटिएकालाई खोप दिइने मन्त्री त्रिपाठीले जानकारी दिनुभयाे ।

खाेप उपलब्ध हुने वातावरण तयार पारेकाेमा मन्त्री त्रिपाठीले प्रधामन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयाे । अनुदानमा खाेप उपलब्ध गराएकाे भारत सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई पनि उहाँले धन्यवाद दिनुभयाे ।

सरकारले फागुनभित्रै खाेप ल्याउने बाचा पूरा गर्ने क्रममा रहेकाे भन्दै उहाँले पहिलाे चरणकाे अभियान सकिएपछि सबै जनतालाई खाेप लगाइने बताउनुभयाे

थप