संकल्प मिडिया सेन्टरद्वारा संचालित

कोटेश्वरको शंकास्पद वस्तु सेनाले डिस्पोज गर्‍यो

  •  
  •   २३ बैशाख २०७६, सोमबार
  •  

काठमाडौं  : कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु निक्रिय बनाएको कोटेश्वरका प्रहरी असई विवेक विसुन्खेले जानकारी दिएका छन्।
कोटेश्वर चोकबाट तीनकुनेतर्फ जाने सडकको किनारमा शंकास्पद वस्तु राखिएको थियो।  शंकास्पद वस्तु के थियो भन्नेबार भने सेनाको टोलीले आफूहरुलाई जानकारी नदिएको असई विसुन्खेले बताए।
शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर र आसपासका क्षेत्रमा कबिर २ घण्टा सवारी चाप भएको थियो।