संकल्प मिडिया सेन्टरद्वारा संचालित

केसीका तमासेहरु यता सुन :

  •  
  •   ५ श्रावण २०७५, शनिबार
  •  

चिकित्सा शिक्षामा मैले आफ्नै परिवार र आफन्तकै अन्तरकथा बताउँदैछु । मेरो आफन्तकै दुइजना छोरीहरु मेडिकल पढ्न चाहे, एकजना एकबर्ष अघि एकजना एक बर्ष पछि । नेपालमा पढ्न नपाएर वा मेरिट लिष्टमा आउन नसकेको समस्या पनि थिएन । नेपालमा भन्दा बाङगालादेशमा गतिलो पढाइ हुन्छ भनेर पनि हैन (तथ्यले त्यो पुष्टी पनि गर्दैन) । तर मेरो आफन्तले दुबै छोरीलाइ बाङगालादेश पढ्न पठाउनु भयो, कारण थियो – बाङगालादेशमा जनही ४० लाखका दरले ८० लाख तिरे पुग्ने तर नेपालमा सरकारले ३८ देखि ४२ लाख तोकेपनि लगभग जनही ८० लाख खर्च गर्नु पर्छ । त्रिबि होस वा केयु होस, तिसंग सम्बन्धन लिएर संचालनमा रहेका कलेजहरुले बिभिन्न अतिरिक्त शुल्कको नाममा लाखौ रकम लुटेका छन । नियमन निकाय त्रिबि, शिक्षा मन्त्रालय, डिनको कार्यालय सबै भित्र भित्र मिलेर बाहीर बाहीर कानुन अनुसार मात्रै तिर्नुस भन्दै पन्छिने र कलेजहरु अतिरिक्त रकम नतिरे भर्ना इफेक्टिभ नहुने भनेर बिध्यार्थी धम्क्याएर बिल भर्पाइ समेत नदिकन रकम लुट्ने ।
नेपालमा दुइ छोरी पढाउन लगभग साँढे एक करोड खर्च गर्न नसकेर ८० लाखमा बाङगालादेशमा पढाउँन पाइन्छ भनेर डाक्टर पढ्न पठाएकी एउटी छोरी सहीत अर्की नातेदारकी छोरी समेत दुइ छोरीहरु एमबिबिएस सकेर फर्किदै गर्दा बिमान बाङगलाले काठमान्डौ एअरपोर्टमा खायो ।
मैले आफ्नै बच्चा त्रिबि सम्बन्धन कलेजमा सरकारले तोकेको ४२ लाख तिरेर भर्ना गरेपछि अर्को झन्डै २० लाख नतिरे कलेजमा दर्तै नहुने भनेर पन्छाइयो । मैले त्रिबि भिसी खनिया गुहारे, गोबिन्द केसी गुहारे, गोबिन्द केसी अनसनमा तेर्सीएर डिन बनाएको अग्रबाल गुहारे, बिध्यार्थी संगठनहरु गुहारे, टेलिभिजन, बिभिन्न पत्रपत्रिकामा समाचारहरु यत्रतत्र आए तर न गोबिन्द केसीका थुतुनो खुले, न त त्रिबि, न मन्त्रालय न त केसीले नियुक्ति दिएको डिन अग्रबालका । यी सबै माफिया हुन । अमुक अमुक लुटेराहरुको स्वार्थ सिध्ध गर्न एउटा बहुलट्टी डाक्टर मोहरा बनाएका छन यीनले । म बिधि र कानुनको सम्मान मात्रै हैन जीवनमै अनुसरण गर्ने मान्छेलाइ गैर कानुनी लुटमा घुँडा टेकाइयो, मैले घुँडा टेक्न बाध्य हुनु परेको कारण केसीलाइ अहिले बोकेर हिड्ने माफियाहरु हुन, त्यसकारण केसी माफियाहरुको मोहरा हो ।
कुरो रह्यो माथेमा प्रतिबेदन – समस्याको चुरो नीजीकरणमा छ, संबन्धन दिन लायक छ कि छैन भनेर अनुगमन गर्ने कमिटीमा छ, राज्यले तोकेको कानुन पालना नभएको, गराउन नचाहेको बिषयमा छ र बर्तमानमा संचालन भएका कलेजहरुले मनपरि ढंगले नागरिक र बिध्यार्थी लुटिरहेका छन किन भने नेपालमा डाक्टर पढ्न चाहनेको संख्या लगभग २० हजार हुने गर्छ तर सबै कलेजको क्षमता १५ सय २ हजार भन्दा बढी छैन, भएका कलेजले जति लुटेपनि भो । तर माथेमा प्रतिबेदन कुनै अमुक अमुक कलेजलाइ निशाना लगाएर कानुन बनाउन प्रतिबेदन तयार गर्छ । कतिले भन्छन, त्यतिका बिज्ञको टिमले बनाएको प्रतिबेदन गलत हुन्छ? ति मुर्खहरुलाइ यो थाहा छैन कि त्यो माथेमा समितिलाइ दिएको टिओआर गोबिन्द केसी तेर्सीएर राखेको माग नै थिए । केसी ओछ्यानमा तेर्सिनबाट रोक्न तात्कालिन लङगडो सरकारलाइ बाध्य पारेपछि उनको लिडे हठ बाहिर प्रतिबेदन कसले लेखिदिने? माथेमा कांग्रेस कार्यकर्ता, नीजीकरणले ब्रम्हलुट भैरहेको बिषयमा लेख्दैन, नीजीकरण हटाउनु पर्छ भनेर प्रतिबेदन दिदैन किनकि २० औ वटा मेडिकल कलेज कांग्रेसीहरु संचालन गर्छन, तिनको लुट रोकिन्छ । अनि प्रतिबेदन आउछ – मनमोहनलाइ टार्गेट बनाएर ।मनमोहनको पुर्वाधार पुग्छ भन्ने बुझेर प्रतिबेदन लेखिन्छ – त्यस्ता कलेज सरकारले कब्जा गर्ने । १० बर्ष काठमान्डौमा कलेज खोल्न बन्देज गर भनेर ।अमुक नीजी कलेज सरकालाइ कब्जा गर भन्ने, बाँकि कलेजले नीजीकरणको नाममा सेन्डिकेट स्थापित गरेर नागरिक लुट्ने? यस्तो हुन्छ कानुन?
माथेमा प्रतिबेदनका कहाँ कुन बुदाले गुणस्तरको कुरा गर्छ, कुन बुँदाले बिदेश पढ्न जाने बिध्यार्थी रोक्ने उपाए बताउँछ, कुन बुँदाले बर्तमानमा मनपरि बिध्यार्थी लुट्ने कुरा रोक्ने उपाए दिएको छ? कुन बुँदाले गरीवका छोराछोरीलाइ मेडिकल शिक्षामा पहुच दिने कुरा गर्छ ? कुन बुँदाले काठमान्डौ बाहिर खोल्ने कलेज गुणस्तरयुक्त हुने कुरा ग्यारेन्टी गर्छ? कोही छ तथ्य सहित ब्याख्या गर्ने माइकालाल?
केसीका माग – भएकाले अझ बेरोकटोक, बिना प्रतिस्पर्धा ब्रहम्हलुट गरिरहुन, बर्तमानमा संचालन भएका सबै बिकृति बिसंगति यथावत रहुन । एउटा थुतुने वा एउटा हठी वा एउटा अभिनयकर्ता बिशेषको थुतुनो बेदग्रन्थ बनाएर, ब्यक्तिलाइ मानक बनाएर जनताको जीवनमा राजनीति गर्ने फटाहाहरु तह नलगाएसम्म यी समस्याको समधान आउनेवाला छैन।स्वाथ्य शिक्षामा नीजीकरण #मुर्दाबाद!
#गुरु भट्टराईको फेसबुकबाट