संकल्प मिडिया सेन्टरद्वारा संचालित

केपि सिंहबिरको १९ औं स्मृति सभा सम्पन्न !

  •   काठमाडौं
  •   ३० भाद्र २०७८, बुधबार
  •   त्रिबेणी

केपि सिंहबिरको १९ औं स्मृति सभा सम्पन्न !

नेकपा एमाले नेता एंव तत्कालीन रयाले गाबिसका जननिर्वाचित गाबिस अध्यक्ष सहिद केपि सापकोटा र एमाले सदस्य सिंहवीर तामाङको १९ औं स्मृति सभा सम्पन्न भएको छ ।

कतिथ जनयुद्धको नाममा करिब दुई दसक अघि घरमै सुतिरहेका केपि सापकोटाको अपहरण गरि निर्मम एंव कायरता पुर्वक हत्या गरिएको थियो । राजनीति नेतृत्वको हत्या गर्दै जनतामा त्रास फैलाउदै आफ्नो अभिष्ट पूरा गर्दै हिडेरो आतंककारी दस्ताले गरेको त्यो हत्याको दिनलाई सिंगो बिहावर भेगको नै कालो दिनको रूपमा सम्झने गरिन्छ । त्यस कै दुई दिनमा एमाले सदस्य एवं बुद्धिजीवी सिहबिर तामाङको पनि हत्या भएको थियो।

आज उक्त हत्या काण्डको १९ बर्ष बितेको सन्दर्भमा सहिद भुमिको रूपमा चिनिएको रयालेमा बन्दै गरेको सहिद स्मृति पार्कमा सहिद केपि सिंहबिर स्मृति सभा सम्पन्न भएको हो । सहिद केपि र सिंहबिरको तस्बिरमा माल्यर्पण सहितको सभाले सहिदले देखेको सपना र देखाएको बाटोमा लाग्दै समृद्ध रयाले निर्माणमा एक भएर लाग्ने बक्ताहरुले बताउनु भएको थियो ।

कार्यक्रममा पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले आतंककारीले योद्धाको हत्या गर्दैमा बिचार र संकल्प मार्न नसक्ने बताउनु भएको थियो । त्यस्तै अन्य वक्ताहरूले सहिद केपि सापकोटा र तामाङको बारेमा भोगाइ र स्मरण सहितका मन्तव्य राख्दै केपि सापकोटाको हत्याले बिहावर भेगकै अभिभावक गुमाएको बताउनु भएको थियो ।

कार्यक्रम सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष राजकुमार सापकोटाको सभापतित्व र पनौती नगरपालिका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा पनौती नगर उपप्रमुख गिता बन्जारा, वडा अध्यक्ष गुणनाथ सापकोटा, किसोर थापा, पुरुसोत्तम अधिकारी लगाएको आतिथ्यता रहेको थियो ।

त्यस्तै स्वागत मन्तव्य सहिद परिवार सदस्य एंव प्रतिष्ठान उपाध्यक्ष रामचन्द्र सापकोटा र संचालन प्रतिष्ठान सचीव वेदप्रसाद सापकोटाले गर्नु भएको थियो ।