संकल्प मिडिया सेन्टरद्वारा संचालित

कुलमानमाथि अख्तियार लगाएर अनुसन्धान गर्नुपर्छ : महेश बस्नेत

  •  
  •   २१ जेष्ठ २०७६, मंगलवार
  •  

सत्तारुढ नेकपाका नेता तथा सांसद् महेश बस्नेतले पनि नेपाल विद्युत प्राधिकरणकाे काम-कार्वाहीप्रति संका व्यक्त गरेका छन् ।
केही दिनअघि नेकपाकै अर्का सांसद् अमललाल मोदीले संसदमै बाेलेकाे कुराप्रति सहमति जनाउँदै सांसद बस्नेतले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा समितिले छानबिन गर्नुपर्ने जोडदार माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बाेल्दै सांसद बस्नेतले कुलमानमाथि अख्तियारले अनुसन्धान गर्नुपर्ने विषय उठाउँदा मोदीमाथि गाली-गलौज हुनु दु:खद् भएको समेत बताए ।
विद्युत प्राधिकरणमाथि ९ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको कुरा सांसद् मोदीले उठाएका थिए । त्यसलगत्तैदेखि उनीबिरुद्ध खनिएको जनमतको खण्डन गर्दै बस्नेतले मोदीका पक्षमा मत राखेका हुन् ।
सांसद् बस्नेतले भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको बताउँदै यस्तो सवेदनशील विषय उठाउँदा पनि मोदीमाथि केही सञ्चारमाध्यम र सामाजिक संजालले तल्लो स्तरकाे गाली र विराेध गर्नु गलत रहेकाे तर्क गरे ।