संकल्प मिडिया सेन्टरद्वारा संचालित

काभ्रे अपडेट: जिल्ला भर २९ जनामा कोरोना पुष्टि ।

  •   काठमाडौं
  •   १२ भाद्र २०७७, शुक्रबार
  •   त्रिबेणी

काभ्रे जिल्लामा शुक्रबार मात्र २९ जनामा कोरोना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यलय काभ्रेले जनाएकोछ ।

आज थपिएका संक्रमितहरु बनेपा नगरपालिका १३ स्थित स्पाइनल इन्जुरी अस्पतालका २० जना पुरुष र ७ जना महिला, बनेपा शिरमेमोरियल अस्पतालमा एकजना पुरुष र भुम्लु गा.पा.का एक पुरुषमा संक्रमण भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए ।

यो संगै काभ्रेमा संक्रमितको संख्या २२० पुगेको छ । काभ्रेका २ जनाको मृत्यू भएको छ ।??