त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

काभ्रेमा हुन नसकेको तर अत्यावश्क कुराहरु

  •   काठमाडौं
  •   १४ चैत्र २०७६, शुक्रबार
  •   त्रिबेणी

अमित न्यौपाने
काभ्रे । यतिबेला शिङ्गो संसारनै एउटा त्रासमा छ । कोरोना नामक भाईरस जसले विभिन्न विकसित देशमा पनि दिनानुदिन मर्ने र सक्रमित हुनेको सङ्ख्या लाखौ छ । यस विचमा हामी नेपालीले आजको दिनसम्म गर्व गर्नुपर्छ कि हामीलाई यसले ठूलो प्रभाव भने पारिसकेको छैन । यसै विच काभ्रेका विभिन्न स्थानिय तहले लकडाउनको घोषणा गरेको केहि समय पछि नै नेपाल सरकारले पनि लकडाउन घोषणा गरेको थियो । यो हाम्रो सबल पक्ष हो । यदि लकडाउन गर्न नसकेको खण्डमा हामीले ठूलो क्षति बेहुर्नपथ्र्यो ।
यसै विच काभ्रेमा विभिन्न स्थानमा मानिसहरुलाई आवत जावत गर्न दिईएको छैन । भित्रि क्षेत्रमा केहि मात्रै पहुच राखेता पनि बजारी क्षेत्रमा भने प्रहरीको राम्रो भुमिका देखिन्छ । यसै विच अटेर गर्ने धेरै सवारी र व्यक्ति समेत कारबाहिमा परेका छन् । यसको नतिजा आज खुल्लास्त व्यक्तिहरु हिडिहालम भन्ने अवस्थामा छैनन् । काभ्रेमा कुनै पनि व्यक्तिलाई हान्ने कुरा नसुन्ने जस्ता गतिविति पनि भएको छैनन् प्रशासनको अर्को सबल पक्ष हो । यसै विच जिल्लाका विभिन्न विकट ग्रामिण क्षेत्रमा समेत यतिबेला हेल्थ डेक्सको स्थापना गरिएको छ । विभिन्न स्थानमा क्वाईनटाइल र आईसोलेसन बनाउने कार्य पनि भईनै रहेको छ ।
जिल्लाका विभिन्न व्यक्तित्वहरुले आफुले सक्ने जति सहयोग पनि गरेका छन् । विभिन्न सामाजिक संघ सस्थाले समेत यतिबेला प्रहरीलाई खाजा खुवाउने, क्वारेन्टाइलका लागि आवश्यक सामाग्रीको व्यवस्था गर्ने कार्य समेत भईरहेको छ । यसले हाम्रो रोग फैलाउने कुरामा धेरै भन्दा धेरै फरक पार्दछ ।
यसै विच हामीले गर्न आवश्यक कुराहरुलाई जोड दिऊ । हो, हामी आर्थीक रुपमा केहि न केहि पछाडि पक्कै छौ । तर, हामीले खाद्यन्न, ग्यास जस्ता कुराहरु किन्नका लागि सर्वसाधारणलाई हिडाईराख्दा रोग फैलिने संभावना भने प्रवल भईरहेको छ । यसैविच राजधानिका धेरैजसो नगरपालिकाले ११३९ मा सम्पर्क गराउन लगाई अत्यावश्यक सामाग्री घरमै लग्दिने व्यवस्था गरिरहेका छन् । यसको प्रभाव हामी राजधानीबाट नजिक भएका कारण हामीले गर्नु आवश्यक रहेको देखिन्छ । जसले रोगलाई केहि नै केहि हदसम्म भने घटाउन मद्दत गर्दछ ।
यसैविच अर्को कुरा पनि जोड्न चाहे । जिल्लावाशि धेरै गरिव र केहि मध्यम वर्गीय रहेका छन् । विपद् व्यवस्थापन कोषलाई क्रियशिल बनाई उद्योगि, व्यवसायीहरुसँग केहि सहयोग मागेर र केहि सहयोगी दाताहरु जुटाई केहि हदसम्म भएपनि कोरोनाको उपचारमा सहुलियत गर्न आवश्यक रहेको देखिन्छ । यसलाई मध्यनजर गर्न सके देशमा धेरै नै त परिवर्तन भन्न सकिन्न । तर, केहि भने पक्कै पनि हुने छ ।

थप