संकल्प मिडिया सेन्टरद्वारा संचालित

काबुलस्थित सैनिक तालिम केन्द्रको गेटमै आत्मघाती हमला, ६ जना मारिए

  •   काबुल
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •   एजेन्सी

अफगानिस्तानको काबुलस्थित सैनिक तालिम केन्द्रको गेटमै आत्मघाती बम हमला हुँदा ६ जना मारिएका छन् भने अन्य ६ जना घाइते छन् ।


प्रहरी तथा सुरक्षा अधिकारीका अनुसार राजधानीमा रहेको सैनिक अधिकृतहरुलाई पढाइने अध्ययन केन्द्रको गेटमै हमला भएको हो ।


नयाँ अधिकृतहरु तालिम सकेर निस्किसकेको समय भएकाले ठूलो मानीय क्षति हुन नपाएको बताइएको छ । बिहीबारको उक्त घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।