संकल्प मिडिया सेन्टरद्वारा संचालित

कानुनमन्त्री भानुभक्त ढकाल नियुक्त, पद्मा अर्याल मन्त्रीमा बढुवा

  •  
  •   १८ श्रावण २०७५, शुक्रबार
  •  

 साउन ,१८ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् । तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानुनी मन्त्री पद खालि थियो । यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । मन्त्रीहरुको सपथ साढे ४ बजे तय भएको छ ।