संकल्प मिडिया सेन्टरद्वारा संचालित

काठमाडौंमा मोनोरेल बनाउन १ खर्ब १६ अर्ब लाग्ने

  •  
  •   २८ भाद्र २०७५, बिहीबार
  •  

भाद्र २८,काठमाडौं ।काठमाडौंमा मोनोरेल परियोजनाका लागि बनाउन १ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । मोनोरेलको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन सिआरसिसीले २७ दशमलव ५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि १ खर्ब बढी लाग्ने ठहर गरेको हो । सभ्भाव्यत्ता अध्ययन प्रतिवेदन अनुसार काठमाडौंमा मोनोरेल निर्माणका लागि प्राविधिक, भौगोलिक, वातावरणीय र आर्थिक रुपमा सम्भव देखिएको छ । कुनै अवरोध नआए ३ वर्षभित्र मोनोरेल निर्माण गर्न सकिने चिनियाँ पक्षको भनाई छ । २७ किलोमिटर लामो रेलवे कोटेश्वर—कलंकी, कलंकी–महाराजगञ्ज र महाराजगञ्ज—कोटेश्वर गरी तीन चरणमा बनाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।
ठेकेदार कम्पनीले आर्थिक र प्राविधिक पक्षको जिम्मा लिई निर्माण सकेर हस्तान्तरण गर्ने इपीसिएफ मोडेलमा आयोजना निर्माण गरिनेछ । ३ महिनामै प्रारम्भिक सम्भाव्यक्ता अध्ययन सकेर चिनियाँ कम्पनीले आज काठमाण्डौ र ललितपुर महानगरपालिकालाई प्रतिवेदन बुझाएको छ ।