त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

काठमाडौंका तीन नाकामा कोरोना परीक्षण : २४ जनाको रिपोर्ट ‘पोजिटिभ’

  •   काठमाडौं
  •   १६ श्रावण २०७७, शुक्रबार
  •   त्रिबेणी

काठमाडौं : काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख तीन नाकामा संकलन भएको पीसीआर नमुना परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ३४ सय ७३ जनाको नमुना परीक्षण गर्दा २४ जनामा कोरोना पुष्टि भएको हो।

सह–प्रवक्ता अधिकारीका अनुसार बिहीबार नागढुंगा नाकाबाट काठमाडौं प्रवेश गर्ने दुई हजार ३०२ जनाको पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजिटिभ आएको हो। त्यसैगरी फर्किङ नाकाबाट काठमाडौं प्रवेश गर्ने ४४१ जनाको नमुना परीक्षणमा १० जनाको रिपोर्ट पोजिटिभ आएको हो। सँगै भक्तपुरको साँगाबाट उपत्यका प्रवेश गर्दैै गरेका ४०३ जनाको नमुना परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

वीरगन्जमा चिकित्सकसहितको विशेष टोली पठाउन माग
कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्मेलन (लाइभ)
थप २७४ जनामा कोरोना पुष्टि : २२७ डिस्चार्ज
२४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित
प्रदेश १ मा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक हजार नजिक
कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो : १४ हजार २४८ डिस्चार्ज
कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका ४५ जनाको स्वाब संकलन
लकडाउन खुलेसँगै काठमाडौं प्रवेश गर्नेको भीड बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन नाकाबाट काठमाडौं प्रवेश गर्ने आठ हजार ४०१ जनाको नमुना संकलन गरेको थियो। जसमध्ये बिहीबार मात्र तीन हजार चार सय ७३ जनाको नमुना परीक्षण गरिएको हो। थप नमुना परीक्षण हुन बाँकी छ।

थप