संकल्प मिडिया सेन्टरद्वारा संचालित

काठमाडौंका गाडीमा तीन दिन लगातार जोर विजोर प्रणाली

  •  
  •   ९ भाद्र २०७५, शनिबार
  •  

काठमाडौं, ९ भदौ – भदौ १३, १४ र १५ गते काठमाडौंमा ट्राफिक प्रहरीले जोर विजोर प्रणाली लगाउने भएको छ ।
उक्त जोर विजोर प्रणाली चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा सवारी व्यवस्था मिलाउनका लागि लगाउन लागिएको ट्राफिक प्रहरी महाशाखाले बताएकोे छ ।
बिमस्टेक शिखर सम्मेलनका बेला आउने विदेशी विशिष्ट पाहुनाहरुको आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन सवारी साधनमा जोर विजोर प्रणाली लगाउने भएको हो ।
काठमाडौंमा सवारी चाप अत्यधिक रहेकाले बिमस्टेक शिखर सम्मेलनका पाहुना आवतजावत गराउन समस्या हुने भएकाले जोर विजोर प्रणाली लागू गरिएको हो । नेपाल समाचारपत्र दैनिकबाट