संकल्प मिडिया सेन्टरद्वारा संचालित

कांग्रेसको माग : संसदीय समितिमा एक तिहाइ भाग ।।

  •  
  •   १ श्रावण २०७५, मंगलवार
  •  

संसदीय प्रचलन विपरीत सत्तामा भाग नखोज्न नेकपाको आग्रह

नेपाली कांग्रेसले संसदीय समितिमा कम्तीमा ३० प्रतिशत हिस्सा हुनुपर्ने माग गरेपछि संसदीय समिति गठन अवरुद्ध भएको छ । संघीय संसदमा करिब २० प्रतिशत मात्र संख्या रहेको कांग्रेसले संसदीय समितिमा ३० प्रतिशतको माग राख्नु आफैमा लज्जासपद रहेको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनले सर्वसम्मत रुपमा आआफ्ना नियमावली पारित गरिसकेका छन् । नियमावलीले ३ वटा विशेष समिति, प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा ४ समिति रहने व्यवस्था गरेको छ । यी ३ विशेष समितिबाहेक प्रतिनिधिसभाका १० समितिमध्ये सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षलाई दिने प्रचलन छ ।
प्रमुख विपक्षी कांग्रेसले भने लेखाबाहेक पनि प्रतिनिधिसभाका थप २ समितिको सभापति दावी गरेको छ । त्यस्तै राष्ट्रियसभाका ४ मध्ये एक र ३ वटा विशेष समितिमध्ये एउटामा सभापति दावी गरेको छ । दुवै सदनमा करिब दुई तिहाइ बहुमत पाएको नेकपाले भने संसदीय परम्पराअनुसार सार्वजनिक लेखा समितिको सभापतिबाहेक अन्य समितिको नेतृत्व कांग्रेसलाई दिन तयार छैन ।
कांग्रसेले कुल मिलाएर १७ समितिमध्ये ५ सभापति नपाए विशेष समितिबाहेक अन्य समितिमा सदस्य नपठाउने भन्दै सत्तापक्षसँग बार्गेनिङ गरेको छ । विगतमा बार्गेनिङको राजनीतिले प्रसय पाएको र त्यसको भरपुर अभ्यास गरेको कांग्रेस चुनावमा तेस्रो स्थानमा पुगेको र लामो समय पछि सत्तामा जान नपाएकोले पनि कांग्रेसले च्याखे थाप्ने मानष्तिथिमा छ ।