संकल्प मिडिया सेन्टरद्वारा संचालित

कल बाइपास गर्ने तीन जनाविरुद्ध मुद्दा

  •  
  •   १० श्रावण २०७५, बिहीबार
  •  

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने तीन जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पक्राउ परेकाहरुलाई दूर सञ्चार ऐन २०५३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ ।
उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा रुपन्देही तिलोत्तमा नगारपालिका–११ का ३१ वर्षीय विजय गुरुङ, सोही स्थान का ३२ वर्षीय मीनप्रसाद रिजाल र भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सुनिल अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गुरुङ र अधिकारीलाई भरतपुर महानगरपालिका–१० रिजालचोकबाट नियन्त्रणमा लिइएको हो । उनीहरुले उक्त ठाउँबाट कलबाइपास गर्दै आएको प्रहरीले जनाएको छ ।
यस्तै रिजाललाई बुटवलबाट पक्राउ गरिएको हो । अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गर्ने कार्यमा संलग्न रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ६४ पोटको कल बाइपास गेटवय एक, १२८ पोटको कल बाइपास गेटवय एक, आर्ट फोजी राउडर एक, टिपिलिङ्क राउडर एक, फल कलर मोबाइल एक, इसिओ १०५ टी, इन्टेक्स मोबाइल एक, आठ जिबी तोसिबा पेनड्राइभ एक, एक्साइड १५५ एमपिए ब्याट्री एक थान बरामद गरिएको छ ।
यस्तै लुमिनस् इन्भर्टर एक, मल्टिप्लग एक, एडब्टर एक, एनसेल सिम ३४, नेपाल टेलिकमको सिम ३३ र ल्याण्ड केवल तीन थान बरामत गरिएको प्रहरीले जनाएको छ ।
#रासस