संकल्प मिडिया सेन्टरद्वारा संचालित

कञ्चनपुरमा अनिश्चितकालिन कर्फ्यू

  •  
  •   ८ भाद्र २०७५, शुक्रबार
  •  

काठमाडौं । निर्मला पन्तको हत्याको विरोधमा चर्किएको आन्दोलनले हिंसाको रुप लिएपछि कञ्चनपुरमा अनिश्चितकालिन कर्फ्यू जारी गरिएको छ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गर्दै सर्वसाधारणालाई बाहिर आवातजावत नगर्न आग्रह गरेको छ ।
कर्फ्यू शुक्रबार ८ बजेदेखि जारी गरिएको जिप्रकाले जनाएको छ ।  शुक्रबार भएको प्रहरी र प्रदर्शनकारीको झडपमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।