संकल्प मिडिया सेन्टरद्वारा संचालित

एसियाली खेलकुदको पुरुष भलिबलमा नेपालले पहिलो जित

  •  
  •   १२ भाद्र २०७५, मंगलवार
  •  

भदौं १२, काठमाडौं । एसियाली खेलकुदको पुरुष भलिबलमा नेपालले पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा नेपालले मंगोलियालाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा पराजित भएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गरेको हो । पहिलो सेट २८-२६ ले गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट जित्दै विजय हासिल गर्‍यो ।
नेपालले दोस्रो सेट २५-१६ र तेस्रो सेट ३०-२८ र चौथो सेट २५-१९ को सेटमा जितेको थियो । एसियाली खेलकुदमा भएको यसअघिका दुई खेलमा भने नेपाल लगातार पराजित भएको थियो । पहिलो खेलमा नेपाल चाइनिज ताइपेइसँग ३-० को सेटमा पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा दक्षिण कोरियासँग पनि नेपाल ३-० को सेटमै पराजित भएको थियो ।