संकल्प मिडिया सेन्टरद्वारा संचालित

एमबाप्पे उत्कृष्ट युवा खेलाडि, यस्ता छन् गोल्डेन बुट, ग्लोब र बलका विजेता

  •  
  •   ३१ असार २०७५, आईतवार
  •  

विश्वकप २०१८ मा सर्वाधिक गोलकर्ताको रुपमा इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले यस प्रतियोगितामा ६ गोल गरेका थिए । उनि पछि फ्रान्सका आन्त्वान ग्रिजमान र किलियन एमबाप्पेले ५/५ गोल गरेका थिए ।

त्यस्तै क्रोयसियाका लुका मोड्रिचले प्लेयर अफ दि टुर्नामेन्ट को उपाधी सहित गोल्डेन बल हात पारेका छन् ।

अर्कोतर्फ १९ वर्षिय फ्रान्सेली खेलाडि किलियन एम्बाप्पेले फिफा योङ प्लेयर उपाधि जितेका छन् ।

गोल्डेन ग्लोबको उपाधी शानदार प्रदर्शन गरेका बेल्जियमका गोल किपर थिबाउट कोर्टिसले जितेका छन् ।