संकल्प मिडिया सेन्टरद्वारा संचालित

एटिएमबाट पैसा लुट्ने पाँच जना चिनियाँ नागरिकलाई सार्वजनिक

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी

काठमाडौं १५ भदौ – प्रहरीले दरबारमार्गको एटिएमबाट पैसा लुट्ने पाँच जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् । उनीहरुले नेपाली एटीएमबाट अनधिकृत रुपमा प्रयोग गरी शनिबार मध्यरातमा दरबारमार्गस्थित नवलि बैंकको एटीएमबाट पैसा निकाल्दानिकाल्दै पक्राउ परेका थिए ।

सुरुमा एक जना चिनियाँ पक्राउ परेका थिए । उनले नै पोल खोलेपछि अरु पक्राउ परेका थिए । उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको प्रहरीले जानकारी दिएको छ ।