संकल्प मिडिया सेन्टरद्वारा संचालित

एक लाख अमेरिकी डलरसहित भारतीय महिला पक्राउ

  •  
  •   ३० बैशाख २०७६, सोमबार
  •  

२७ वैशाख, काठमाडौं । प्रहरीले एक लाख अमेरिकी डलरसहित भारतीय महिलालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले वन्दना सोनीलाई पक्राउ गरेको हो ।
विमानस्थलका प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार भारतीय नागरिक मतदाता परिचय पत्र नं. वाईबीबी २१२५०८६ वाहक उनी नेपाल एयरलाइन्सको उडान नं. आरए२०१ मार्फत भारतको मुम्बई जान लागेकी थिइन् ।

शंकास्पद लागेर सोधपुछ गर्ने क्रममा उनको साथबाट अवैध डलर भेटिएको थियो । लगत्तै, बरामद डलसहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ ।