संकल्प मिडिया सेन्टरद्वारा संचालित

वेष्ट इन्डिजले एक दिवसीय क्रिकेटमा नयाँ कीर्तिमान

  •  
  •   २३ बैशाख २०७६, सोमबार
  •  

एजेन्सी – वेष्ट इन्डिजले एक दिवसीय क्रिकेटमा नयाँ कीर्तिमान बनाएको छ । वेष्ट इन्डिजले एक दिवसीयतर्फ ओपनिङ साझेदारीमा सर्वाधिक स्कोरको कीर्तिमान कायम गरेको हो ।
 
आयरल्यान्डविरुद्धको त्रीदिवसीय सिरिज अन्तर्गत आइतबार राति भएको खेलमा वेस्ट इन्डिजका शाही होप र जोन कामबेलले पहिलो विकेटका लागि तीन सय ६५ रनको साझेदारी गर्दै नयाँ कीर्तिमान रचेका हुन् । यसअघि यो किर्तिमान पाकिस्तानका फकर जमान र इमा उल हकको नाममा थियो । उनीहरुले तीन सय चार रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए ।
वेस्ट इन्डिजकाले कीर्तिमान बनाउन ४७ ओभरमा पहिलो विकेटका लागि ३ सय ६५ रनको साझेदारी गरेको हो । जसमा शाही होपले एक सय ७० र कामबेलले एक सय ७९ रन बनाए । एक दिवसीय खेलमा दुवै ओपनरले एक सय ५० रन कटाएको पनि यो पहिलो पटक हो ।