संकल्प मिडिया सेन्टरद्वारा संचालित

एएफसी यु–१६ महिला च्याम्पियनसिपमा नेपालले म्यानमारसँग खेल्दै

  •  
  •   ५ आश्विन २०७५, शुक्रबार
  •  

असोज ५, काठमाडौं । एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको खेल मैदानमा आज दिउँसो ३ बजे हुने खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । म्यानमारलाई पराजित गर्न सके शीर्ष दुईमा पर्ने नेपालको सम्भावना कायमै रहनेछ ।
यअसघि बुधबार भएको पहिलो खेलमा आयोजक नेपाल फिलिपिन्ससँग ४–० गोलअन्तरले पराजित भएको थियो । पहिलो हाफमै २–० गोलअन्रतले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खाएको थियो । यो समूहको शीर्ष २ मा पर्ने राष्ट्रले आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपमा भाग लिन पाउने छन् ।