संकल्प मिडिया सेन्टरद्वारा संचालित

उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ताको आह्वान

  •   काठमाडौं
  •   १६ भाद्र २०७६, सोमबार
  •   त्रिबेणी

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि सार्वजनिक सूचना जारी गरेको छ। स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आयोगलगे दल दर्ताको आह्वान गरेको हो। इच्छुक दलले भदौ मसान्तभित्र आयोमा विवरणसहित दल दर्ता गर्नुपर्नेछ।

एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलहरु पनि उपनिर्वाचनका लागि आयोगमा दर्ता हुनुपर्ने सूचनामा जनाइएको छ।

२०७४ सालमा भएको प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तह निर्वाचनमा सहभागी दललाई वार्षिक लेखापरीक्षण प्रतिवेदन बुझाउन पनि भनिएको छ। 

संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम आयोगले सूचना जारी गरेको हो।